फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पाेखरा | फागुन ३, २०८२
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
तमु धिं यूके र सहारा यूकेको मिडिया तथा फोटो संयोजक समेत रहेका फोटो पत्रकार तमु आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।
सहारा क्लबले २५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार उनलाई रजत जयन्ती सम्मान गरेको थियो ।
प्रतियोगिताको विकास र प्रवद्र्धनमा फोटो पत्रकारिताको माध्यमबाट विशेष योगदान पु¥याएको भन्दै क्लबले फोटो पत्रकार तमुलाई सम्मान गरेको हो । उनलाई माला, दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो ।
रकम ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

